समता कला कार्यशालाको ६१ औं शृङ्खला विन्ध्यवासिनी मन्दिरमा

पाेखरा | साउन २१, २०८०

समता कला कार्यशालाको ६१ औं शृङ्खला विन्ध्यवासिनी मन्दिरमा

पोखरा: पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६१ औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा  सम्पन्न भयो । 


समता कला कार्यशालामा कला निर्माण पछि कलाकार दुर्गा बराल वात्स्यायनले तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तिसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए । 


प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला बिभाग निवर्तमान प्रमुख प्राज्ञ बु्िद्घ गुरुङ्गले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई  पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए । 


संस्थाका सल्लाहकार तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे । कला कार्यशालामा कलाकार पदम घले, एस कुमार श्रेष्ठ, थमन सिंह सुनार, दल बहादुर गुरुङ, रिक गुरुङ, झबिन्द्र गुरुङ, युवराज लामीछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराइ, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सन्जीता घिमिरे, अमृत परियार, संजिव लामिछाने, नवराज थापा लगायतका कलाकारले पानी रङ र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए । 


परिवारका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव डा।चैतन्य अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कला संयोजक  कलाकार उमेद पौडेलले गरेका थिए  ।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्